☰ open Loading... 27 September 2025|  

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा
पश्चिम नेपाल   | ३ भाद्र २०८२, मंगलवार १५:५९

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा भोलि (भदौ ४ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले प्रदेशभरका सबै सरकारी तथा सार्वजनिक निकाय, विद्यालय र कार्यालयमा भोलि विदा हुने जनाएको हो ।

प्रदेश सरकारले प्रत्येक वर्ष भदौ ४ गतेलाई प्रदेश स्थापना दिवसका रूपमा मनाउँदै आएको छ । यस अवसरमा भोलि विभिन्न कार्यक्रम आयोजना गरिने छन् ।