सुर्खेत । प्रदेश स्थापना दिवसको अवसरमा कर्णाली प्रदेश सरकारले यस वर्षदेखि पत्रकारिता पुरस्कार सात जनालाई दिने निर्णय भएपनि पुरस्कृत हुने पत्रकार चयन गर्न सकिएको छैन् । जसले गर्दा भोली हुने प्रदेश स्थापना दिवशमा दिन लागिएको पुरस्कार नै अन्योलमा पुगेको हो ।
प्रदेश सरकारले पुरस्कार वितरणका लागि कार्यविधि बनाईसमेत समितिलाई जिम्मेवारी दिएको भए पनि छनोट समितिले अहिलेसम्म निर्णय गर्न सकेको छैन । प्रेस युनियनभित्र देखिएको आन्तरिक विवादका कारण समिति अनिर्णयमा पुगेको स्रोतले जनाएको छ ।
गत वर्षसम्म हरेक पटक प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरका पत्रकारलाई समावेशी ढंगले सम्मान गर्ने गरिएको थियो । तर, यस वर्ष सात जनालाई दिने निर्णय भए पनि अन्तिम नाम सार्वजनिक हुन नसक्दा अन्यौल बढेको छ ।
अघिल्ला वर्षसम्म तीन जनालाई मात्रै पुरस्कार दिइँदै आएको थियो ।
कुन वर्ष कसले पाए पत्रकारिता पुरस्कार
पहिलो वर्षमा
समाजवादी प्रेस संगठनका तत्कालीन पत्रकार (हाल प्रेस चौतारी नेपाल) ललित बुढा, प्रेस युनियनकी चाँदनी कठायत र प्रेस सेन्टरकी सरिता चलाउने पुरस्कृत भएका थिए ।
दोस्रो वर्षमा
प्रेस चौतारीका हिकमत नेपाली, प्रेस युनियनका भक्त शाही र प्रेस सेन्टरका पंख शाहीलाई पुरस्कार प्रदान गरिएको थियो ।
तेस्रो वर्षमा
प्रेस चौतारीका तुलाराम पाण्डे, प्रेस युनियनका राजेन्द्र कार्की र प्रेस सेन्टरका यज्ञ खत्री सम्मानित भए ।