☰ open Loading... 27 September 2025|  

कर्णाली प्रदेश स्थापना दिवसमा सात पत्रकारलाई सम्मान
पश्चिम नेपाल   | ४ भाद्र २०८२, बुधबार १२:४४

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा विभिन्न विधामा सात जना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

७५ हजार राशिको कर्णाली प्रादेशिक पुरस्कार कालीकोटका प्रेमराज सिम्खडालाई प्रदान गरिएको छ भने ५० हजार राशिको कर्णाली वर्ष उत्कृष्ट पत्रकार पुरस्कार सुर्खेतका प्रकाश पन्तले प्राप्त गरेका छन् ।

त्यसैगरी, कर्णाली सशक्त सञ्चारकर्मी पुरस्कार जाजरकोटका हेमन्त केसी, कर्णाली विकास पत्रकारिता पुरस्कार हुम्लाका राजन रावत र सुर्खेतका ओम शाही ठकुरीले प्राप्त गरेका छन् ।

यस्तै, ३५ हजार राशिको कर्णाली समावेशी पत्रकारिता पुरस्कार सुर्खेतकी सिर्जना बुढाथोकी डाँगीलाई प्रदान गरिएको छ ।

प्रदेश सरकारले पुरस्कृत तथा सम्मानित पत्रकारहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ सशक्त रुपमा कलम चलाउने प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ ।