☰ open Loading... 27 September 2025|  

सुर्खेतमा लागुऔषधसहित युवक पक्राउ
पश्चिम नेपाल   | ६ भाद्र २०८२, शुक्रबार १६:४९

जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले २१ वर्षीय चक्र ब. शाहीलाई लागुऔषधसहित पक्राउ गरेको छ ।

भदौ ५ गते दिउँसो १:३० बजे वीरेन्द्रनगर–३ मुलपानी चोकमा शंकाको आधारमा चेकजाँच गर्दा शाहीको साथबाट ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ २३ पुडिया फेला परेको प्रहरीले जनाएको छ । नापतौल गर्दा उक्त पदार्थको शुद्ध तौल ८०० मिलिग्राम रहेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।