☰ open Loading... 27 September 2025|  

सुर्खेतमा भन्सार छलीका सामान बरामद
पश्चिम नेपाल   | ६ भाद्र २०८२, शुक्रबार १७:०७

भेरीगंगा नगरपालिका–५ स्थित बबई चेकपोष्टमा खटिएको प्रहरीले भन्सार छली गरी ल्याइएको सामानसहित एक गाडी नियन्त्रणमा लिएको छ ।

नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको क प्र १०१५ नम्बरको ईभी गाडी चेकजाँच गर्ने क्रममा ५ जनाको प्रहरी टोलीले बिल–भरपाई नभएका विभिन्न कपडा बरामद गरेको हो ।

बरामद गरिएका सामानमा ६५ थान साडी (रु १,३०,०००), ३६ थान कुर्ता सुरुवाल (रु ७२,०००) र ३२ थान लेडिज कुर्ति (रु १६,०००) रहेका छन् । बरामद सामानको कुल मूल्य रु २,१८,००० बराबर भएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज, बाँके पठाइएको प्रहरीले जनाएको छ ।