☰ open Loading... 27 September 2025|  

सुनको मूल्य घट्यो
पश्चिम नेपाल   | ८ भाद्र २०८२, आईतवार १२:३९

स्थानीय बजारमा गत शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलमा रु दुई हजार ३०० र चाँदीमा रु ४० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९७ हजार ५०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार ३५० मा खरिदबिक्री भइरहेको छ ।

शुक्रबार एक तोला सुन रु एक लाख ९५ हजार २०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ३१० मा खरिदबिक्री भएको थियो ।