पश्चिम नेपाल | ८ भाद्र २०८२, आईतवार १२:४३
दैलेख । आठबीस नगर उद्योग वाणिज्य संघले आइतबारदेखि पालिकाभित्र रहेका पसल र होटलमा अनुगमन गर्दै सदस्यता प्रमाणपत्र वितरण कार्य सुरु गरेको छ ।
व्यापारमा एकरूपता ल्याउने र व्यापारीहरूको हकहितका लागि गरिएको उक्त अभियान संघका अध्यक्ष भुपेन्द्र बहादुर शाहीको संयोजकत्वमा सञ्चालन गरिएको हो । संघका सचिव खेमराज बडुवालले पालिकाभित्रका सबै व्यवसायीलाई अनिवार्य रुपमा सदस्यता प्रमाणपत्र वितरण गरिने जानकारी दिए ।
अभियानमा पदाधिकारी, सदस्यहरु पनि सहभागी छन् ।