☰ open Loading... 26 September 2025|  

कर्णाली राजमार्ग एकतर्फी खुल्यो
पश्चिम नेपाल   | ११ भाद्र २०८२, बुधबार १५:४३

बिहानदेखि अवरुद्ध कर्णाली राजमार्ग सडक एकतर्फी रूपमा खुलेको छ। कालीकोटको कालेखोलामा सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।

कालेखोलामा आएको लेदोसहितको पहिरो पन्छाएपछि एकतर्फी रूपमा सडक सञ्चालनमा आएको कालीकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतले जानकारी दिए।

सडक खुलेपछि कर्णाली करिडोर र राजमार्ग हुँदै कालीकोट, जुम्ला, मुगु, बाजुरा हुँदै हुम्ला आउजाउ गर्न रोकिएका साना गाडी गन्तव्यतर्फ लागेका छन्।