☰ open Loading... 27 September 2025|  

युवतीले आफ्ना आमाबुबासँग मिलेर गरिन् प्रेमीको हत्या
पश्चिम नेपाल   | १२ भाद्र २०८२, बिहीबार १५:०६

दैलेखमा विवाह गर्ने आश्वासन दिएर एक युवकको हत्या भएको खुलेको छ । गत साउनमा जिल्लास्थित छामघाट खोला किनारामा मृत भेटिएका सुरेन्द्रबहादुर शाहीलाई योजनाबद्ध हत्या गरी खोलामा फालेको प्रहरी अनुसन्धानबाट खुलेको हो । घटनामा एक परिवारले घरको धरोहर गुमाएको छ भने एक परिवार जेलको बाटोतर्फ उन्मुख भएको छ ।

११ साउन २०८२ मा वैदेशिक रोजगारीका सिलसिलामा मलेसियाबाट ३३ महिनापछि फर्केका दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका–६, का २८ वर्षीय शाही जिल्लाकै दुल्लु नगरपालिका–११, कयलकुनास्थित छामघाट खोला किनारमा मृत भेटिएका थिए । शंकास्पद अवस्थामा शाही मृत फेला परेपछि दैलेख प्रहरीले अनुसन्धान थालेको थियो । विवाह गर्ने आश्वासन दिएकी युवतीको धोकाधडीमा शाहीले ज्यान गुमाउनु परेको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको छ ।

शाहीको हत्यामा उनकी प्रेमिका भनिएकी गंगा वन र उनका बुवाआमा संलग्न भएको पाइएको प्रहरीले जनाएको छ । शाहीको हत्यापछि सुराक पाएको प्रहरीले आरोपितलाई केन्द्रमा राखेर झण्डै २८ दिन अनुसन्धान गरेको थियो ।

अन्ततः उनीहरू नै शाहीको हत्यामा संलग्न भएको प्रमाणित भएपछि प्रहरीले दैलेख जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ । महावु गाउँपालिका–५, काँशीकाध बस्ने २७ वर्षीय गंगासहित उनका बुवा नैने र आमा भकुविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब निरीक्षक (डीएसपी) गणेश बरालले जानकारी दिए ।

‘सुरेन्द्रको शव भेटिएको मितिदेखि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको थियो । अनुसन्धान गर्दै जाँदा गंगासहित बुवाआमा पनि संलग्न भएको देखियो,’ बराल भन्छन्, ‘प्रहरीले अनुसन्धान प्रक्रिया सकेर तीनै जनाविरुद्ध ज्यान मार्ने कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकेका छौँ ।’

के भएको थियो ?

उनका अनुसार, वैदेशिक रोजगारीमा रहेका शाही झण्डै ३३ महिनापछि घर फर्केका थिए । तर, उनी घर पुग्न पाएनन् । ११ साउनको बिहान ६ बजे सुरेन्द्रको शव दुल्लु नगरपालिका वडा नं. ११ कयलकुनास्थित छामघाट खोलाको किनारामा भेटिएको थियो । शरीरको तल्लो भाग नाङ्गो र शरीरको माथिल्लो भागमा सेतो खैरो रंगको टिसर्टमा उनी मृत फेला परेका थिए ।

प्रहरीले घटनास्थल मुचुल्कालगायतका कार्यहरू गरी सनाखत गर्न शाहीको शव जिल्ला स्वास्थ्य कार्यालय दैलेख पुर्‍यायो । शव भेटिँदा सुरेन्द्रको पहिचान खुलेको थिएन । १२ साउनमा मात्रै उनी सुरेन्द्र भएको पहिचान थाहा भयो । १३ साउनमा जिल्ला प्रहरी कार्यालय दैलेखमा सुरेन्द्रका बुवा झक्कबहादुर शाहीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न भन्दै जाहेरी दिए । सोही दिन सुरेन्द्रको शव पोष्टमार्टम गरेर आफन्तले अन्तिम संस्कारका लागि लगेका थिए ।

फेसबुकको चिनजान अन्ततः हत्यामा परिणत

दैलेखका प्रहरी प्रमुख बरालले घटना शंकास्पद रहेको र आफन्तसमेतले केही रहस्यमय सुराक दिएपछि अनुसन्धानको दायरा फराकिलो पारेका थिए । ‘विभिन्न माध्यमबाट अनुसन्धान गर्दै जाँदा गंगाको संलग्नता रहेको देखिने केही बलिया तथ्य फेला परे र उनलाई १४ साउनमा पक्राउ गर्‍यौँ,’ बराल भन्छन्, ‘अनुसन्धानको क्रममा घटनाको प्रतिवादी गंगासहित बुबा नैने र आमा भकुको समेत संलग्नता रहेको पाइयो । सबै प्रक्रिया सकेर अदालतमा मुद्दा दर्ता गरिसकेका छौँ ।’

सुरेन्द्र रोजगारीका लागि मलेसिया पुगेका थिए ।

मलेसिया हुँदा नै सुरेन्द्र र गंगाबीच फेबुकबाट चिनजान भएको थियो । दुई वर्षसम्म उनीहरूबीच फेसबुकमा कुराकानी भइरहन्थ्यो । ‘साथी बनाई माया प्रेम गर्छु भनी विवााह गर्नेसम्मको आश्वासन गंगाले दिएको देखिन्छ,’ बराल भन्छन्, ‘यस क्रममा गंगाले प्रलोभनमा पारी विभिन्न बहाना बनाई विभिन्न मितिमा विभिन्न माध्यमबाट चार लाख ४६ हजार नौ सय २० रुपैयाँ ५३ पैसा आर्थिक लाभ सुरेन्द्रबाट लिएको अनुसन्धानबाट खुलेको छ ।’

पैसा लिइसकेपछि बिस्तारै सुरेन्द्रबाट गंगा टाढिन खोजिन् ।

गंगा टाढिन थालेपछि सुरेन्द्रले आफू नेपाल आउन लागेको जानकारी गराए । तर, गंगाले सुरेन्द्रलाई फेसबुकमा अनफ्रेण्ड गर्नुका साथै मोवाइलमा ब्लक गरिन् । सुरेन्द्र नेपाल आइनपुग्दै गंगा पासपोर्ट बनाएर विदेश जान काठमाडौंसम्म पुगेको प्रहरी अनुसन्धानले देखाएको छ । नेपाल फर्किएका सुरेन्द्रले गंगासँग सम्पर्क गर्न उनकै आफन्तबाट खोजी थाले ।

२ साउनमा सुरेन्द्र गंगा र उनका बुवाआमासँगको सम्पर्कमा पुगे । ‘हत्या गर्ने दिनसम्म तीनै जनासँग सुरेन्द्रको नियमित सम्पर्क भएको देखिन्छ,’ बराल भन्छन्, ‘बुबाआमाले गंगाको विवाह तपाईंसँग गरिदिन्छौँ भनेर १० साउनमा बोलाएको र सुरेन्द्र गएका रहेछन् । त्यही दिन उनलाई झोलुङ्गे पुलबाट खोलामा फालेको बयान गंगाले प्रहरीलाई दिएकी छन् ।’

सुरेन्द्रलाई गंगाले महाबु गाउँपालिका–४, काप्रिखोला र ५ नम्बरमा पर्ने काँसीकाध जोड्ने रापटस्थित छामघाट खोलामाथिको झोलुङ्गे पुलमा भेट्न बोलाएकी थिइन । सुरेन्द्र त्यहाँ पुगेसँगै आपसमा विवाद भएपछि गंगाले १० साउन राति ११ बजे त्यही पुलबाट खोलामा खसाई शाहीलाई मारेको प्रहरी अनुसन्धानले देखाएको छ । ‘सुरेन्द्रलाई मार्नुअघि नै ६ साउनमा गंगाका बुवा नैने र आमा भक्कुले सबै योजना बनाएको देखिन्छ,’ बराल भन्छन्, ‘अपराध गराउन सहयोग गरेको देखिएकाले नैने र भक्कुलाई कसुरको आपराधिक षडयन्त्र, उद्योग, दुरूत्साहन र मतियारको मुद्दा चलाइएको छ ।’

गंगाको हकमा कर्तव्य ज्यान तथा आपराधिक लाभको कसुरमा कारबाहीको मागसहित प्रहरीले अनुसन्धान प्रतिवेदन अदालतमा दर्ता गरेको छ । दैलेख जिल्ला अदालतका श्रेस्तेदार वीरेन्द्रबहादुर मल्लले सो मुद्दाका प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिइसकेको छ ।

शिलापत्रबाट