☰ open Loading... 26 September 2025|  

सुर्खेतमा जुवातास खेल्दै गरेका ४ जना नियन्त्रणमा
पश्चिम नेपाल   | १२ भाद्र २०८२, बिहीबार १७:३३

सुर्खेत, भदौ १२ । सुर्खेतको वीरेन्द्रनगर–६ स्थित सनिहल लाइनमा रहेको महाबु गेष्ट हाउसको कोठा नं. ३०५ मा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ ।

नगर प्रहरी कार्यालय सुर्खेतका प्र.नि. दिनेश तिमिल्सेनाको कमाण्डमा खटिएको टोलीले गोप्य सूचनाको आधारमा शुक्रबार दिउँसो २ बजे छापा मारी उनीहरूलाई नगद रु. ४१ हजार ५२५ र १२ बुक ताससहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर–७ का २४ वर्षीय हुकुम शाही, ३० वर्षीय हेमन थापा, ३४ वर्षीय हेमराज थापा र ३६ वर्षीय सुरेश केसी रहेका छन् ।

पक्राउ परेकाहरूमाथि आवश्यक कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।