☰ open Loading... 27 September 2025|  

महिला स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गरेको आरोपमा तीन जना पक्राउ
पश्चिम नेपाल   | १३ भाद्र २०८२, शुक्रबार ०७:५४

हुम्लामा महिला स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हुम्लाको ताँजाकोट गाउँपालिका-३ को मैला स्वास्थ्य चौकीमा कार्यरत लिलाराज शर्मा, गाउँपालिकाका एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढा छन् ।

उनीहरूलाई एक महिला स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरेको आरोपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

उनीहरुले मंगलबार राति करिब ११ बजेको समयमा महिला स्वास्थ्यकर्मीको कोठामा गई अभद्र व्यवहार गरेको भन्ने सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी शंकर पोखरेल जानकारी दिए ।

घट्नाबारे थप अनुसन्धान भइरहेको उनले बताए । पक्राउ गरेलगत्तै दुवै पक्षलाई जिल्ला सदरमुकाम सिमकोट ल्याइएको छ ।