पश्चिम नेपाल | १३ भाद्र २०८२, शुक्रबार ०८:०१
दुई दिनदेखि परेको अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध हुँदा शुक्रवार विहानैदेखि सवारीसाधनहरु आवागमन रोकिएको हो ।
सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका–२ कालेखोला, एसमोड,गगने खोलामा सडक भत्किँदा सवारी आवागमन अवरुद्ध भएको कालिकोटका डिएसपी टेकबहादुर रावतले जानकारी दिए ।