☰ open Loading... 27 September 2025|  

खानेपानी बक्यौता नबुझाउनेको धारा काटिने
पश्चिम नेपाल   | १६ भाद्र २०८२, सोमबार १४:३१

 

दैलेख १६ गते । नारायण नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानीको बक्यौता नबुझाउनेको धारा काट्ने भएको छ । संस्थाको यहि भदौ १४गते बसेको संस्थाको बैठकको निर्णय अनुसार यहि भदौ २० गते भित्र बक्यौता महसुल वुझाउन सार्वजनिक सूचना जारी गरेको हो ।
सार्वजिनिक सुचना जारि गरि लामो समय देखि खानेपानीको महसुल नवुझाएका उपभोक्ताको धारा काटिने नारायण नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी कार्यालयकन प्रमुख इन्जिनियर राजन खड्काले बताए ।

उनले खानेपानीको महसुल तिर्नका लागि बारम्बार ताकेता गरेको भएपनि कुनै पनि सरकारी तथा गैरसरकारी सङ्घ संस्था र उपभोक्ताले त्यसको सुनुवाइ नगरेको बताए ।

संस्थाले गएको गत साउन १५ गते खानेपानिको बक्यौता महसुल नतिर्ने उपभोक्ताको नाम सामाजिक संजाल फेसवुक मार्फत सार्वजनिक गरेको थियो । संस्थाले संस्थागत निर्णय गर्दै यहि भदौ २० गते भित्र बक्यौता महसुल एकमुष्ट भुक्तानी गर्न अनुरोध गर्दै धारा कटौतीबाट जोगिन आग्रह गरेको छ ।

सामाजिक संजाल फेसवुक मार्फत सूचना सार्वजनिक गर्दै एकमुष्ट बक्यौता महसुल वुझाउन अनुरोध समेत गरेकोे छ । संस्थाले स्थापन भएदेखि अहिले सम्म करिब १करोडको हाराहारीमा बक्यौता उठ्न बाँकी रहेको समितिले नारायण नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले जनाएको छ ।