☰ open Loading... 27 September 2025|  

चार दिनपछि सञ्चालनमा आयो कर्णाली राजमार्ग
पश्चिम नेपाल   | १७ भाद्र २०८२, मंगलवार १५:२०

जुम्ला-सुर्खेत सडक खण्डको कर्णाली राजमार्ग पूर्णरुपमा सञ्चालनमा आएको छ। कालिकोट शुभकालिका गाउँपालिका-१ अवस्थित गगनले खोलाको पहिरो पन्छाएपछि राजमार्ग खुलेको हो।

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार चार दिनपछि सञ्चालनमा आएको हो। दिउँसो साढे १२ बजेदेखि सडक पुर्णरुपले खुलेको छ। देबिबक्स गुल्मबाट सह-सेनानी सानुराम कार्कीको कमाण्डमा खटिएको नेपाली सेनाको टोलीले पूर्णरूपमा सडक सुचारु गरेको हो । कार्यालयका सूचना अधिकारी इन्जिनियर प्रदीपनारायण चौधरीका अनुसार सेनाको टोलीले सोमबार तीन वटा ब्लाष्टिङ गरेको थियो ।

पहिरोसँगै आएको ठुलो ढुङ्गा तीन वटा ब्लाष्टिङ गर्दा पनि नफुटेपछि फेरी मंगलबार बिहान साढे ८ बजेदेखि सेनाको टोली गगने खोलामा पुगेको थियो । झण्डै एक सय घनमिटरको ढुङ्गा सडकमा खसेको थियो। यसअघि सडक डिभिजनले डोजरको प्रयोग गरेर पहिरो पन्छाउन सुरु गरेपछि चट्टान फोड्न सकेको थिएन। पाँच दिनदेखि कर्णाली राजमार्ग ठप्प हुँदा जुम्ला देखि पठाइएका २१ ट्रक व्यापारी खुसी भएका छन्। झण्डै १३ करोड बराबरको स्याउ थन्किएको थियो।