☰ open Loading... 27 September 2025|  

शनिबारदेखि नेपालगन्जमा यु-१४ छात्रछात्रा फुटबल हुँदै
पश्चिम नेपाल   | १८ भाद्र २०८२, बुधबार ०८:४४

बाँके जिल्ला फुटबल संघको आयोजनामा आगामी शनिबारदेखि यु-१४ छात्रछात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा बाँके जिल्लमा रहेका संस्थागत र सामुदायिक विद्यालयहरुको सहभागिता रहनेछ। प्रतियोगिता नेपालगन्ज रंगशालामा हुनेछ।

विद्यालय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवं अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीले बताए। उनले भने, ‘फुटबललाई बलियो बनाउने आधार नै ग्रासरुट हो। विद्यालय स्तरबाटै जुनियर फुटबल प्रतियोगिताले नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्न सहयोग गर्छ। नव प्रतिभावान खेलाडीहरूको लागि यो प्रतियोगिता आयोजना गरेका हौं।’

प्रतियोगितामा सहभागिताको लागि अध्यक्ष शाहीले बाँके जिल्ला सम्पूर्ण विद्यालयहरूलाई समेत अनुरोध गरेका छन्।

आयोजक बाँके जिल्ला फुटबल संघका अनुसार सहभागि हुने विद्यालयको खेलाडीको जन्म मिति २०६८ पौष १७ गते वा सोभन्दा पछि हुने पर्नेछ।