☰ open Loading... 26 September 2025|  

रास्कोट-८ का वडाध्यक्ष बराल ३ दिनदेखि बेपत्ता
पश्चिम नेपाल   | २० भाद्र २०८२, शुक्रबार २२:२८

रास्कोट नगरपालिका-८ फुकोटका वडाध्यक्ष मनिराज बराल ३ दिनदेखि बेपत्ता भएका छन् । बुधबार बेलुकी रास्कोट-५ लामासिनस्थित ससुराली जाने भनेर हिँडेका बराल बेपत्ता भएका हुन् । उनी २०७९ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट चुनाव जितेका जनप्रतिनिधि हुन् ।

वडा कार्यालयबाट दिउँसो नगरपालिका गएका वडाध्यक्ष बराल त्यहाँबाट ससुराली जाने भनेर हिँडेका वडासचिव कोपिलाकुमारी सञ्ज्याल बरालले बताइन् । वडाको काम सकेर ससुराली घर जान भनेर हिँहेका वडाध्यक्ष बराल बेपत्ता भएको रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले बताए ।