पश्चिम नेपाल | २० भाद्र २०८२, शुक्रबार २२:३१
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको रजिस्ट्रारमा लक्ष्मीचन्द्र महत नियुक्त भएका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. पुजनकुमार रोकायाको सिफारिसमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले महतलाई रजिस्ट्रार नियुक्त गरेका हुन् । प्रतिष्ठानका तत्कालीन रजिस्ट्रार नृपेन्द्र महतको कार्यअवधि असार ३ गते नै सकिएको थियो । प्रतिष्ठानले दुई महिनापछि रजिस्ट्रार पाएको हो ।
नवनियुक्त रजिस्ट्रार महत चन्दननाथ-१० का बोहोरो गाउँका बासिन्दा हुन । उनी विद्यावारिधि शोधार्थी हुन् ।