पश्चिम नेपाल | २२ भाद्र २०८२, आईतवार ०६:२८
बुधबार दिउँसदेखि बेपत्ता रास्कोट नगरपालिका-८ फुकोटका वडाध्यक्ष मनिराज बरालको कोट फेला परेको छ । रास्कोट-७ नडीस्थित कर्णाली नदीको किनारमा बाहुला काटिएको अवस्थामा उनको कोट भेटिएको छ ।
आफन्तले कोट वडाध्यक्ष बरालकै भएको बताएका छन् । घरबाट लगाएको कोट नै भेटिएको आफन्त विष्णु बरालले बताए । ‘कोट त उनकै हो,’ उनले भने, ‘वडा र घर बनाउने कामको अलि तनाव थियो, किनारमा कोट भेटिँदा नदीमा कुनै दुर्घटना भयो कि भन्ने शंका छ ।’
रास्कोट-५ लामासिनस्थित ससुराली घर जाने भनेर हिँडेका बराल बुधबारदेखि बेपत्ता भएका हुन् । उनको वडाबाट रास्कोट नगरपालिका पुग्न आधा घण्टा पैदल लाग्छ भने नदी किनार पुग्न पैदल १ घण्टाभन्दा बढी ओरालो झर्नुपर्छ ।