पश्चिम नेपाल | २६ भाद्र २०८२, बिहीबार १०:५९
शान्ति सुव्यवस्था कायम राख्न र सम्भावित अशान्तिलाई नियन्त्रणमा लिनका लागि सुर्खेत जिल्ला प्रशासन कार्यालयले आज बिहानैदेखि महत्त्वपूर्ण निर्णय गरेको छ ।
जिल्लाका केही प्रमुख क्षेत्रमा निषेधाज्ञा जारी गर्दै बिहान ८:३० बजेदेखि साँझ ६:०० बजेसम्म पाँच जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला हुन प्रतिबन्ध लगाइएको छ।
प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले स्थानीय प्रशासन ऐनको अधिकार प्रयोग गर्दै यो कडा कदम चालेका हुन्। यसले गर्दा सुर्खेतको जनजीवनमा आज दिनभर केही फरक पर्ने देखिन्छ।
प्रशासनले जारी गरेको सूचना अनुसार, वीरेन्द्रनगरका सुब्बाकुनादेखि पश्चिम बाङ्गेसिमलसम्मको रत्न राजमार्गको उत्तरतर्फको पूरै उपत्यका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।
यस्तै, रत्न राजमार्गको दक्षिणतर्फ ३०० मिटरभित्रको परिधिमा पनि निषेधाज्ञा जारी गरिएको छ।