देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । धेरै स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी प्रदेशको पहाडी भूभागलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी भूभागका थोेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
कोसी, गण्डकी प्रदेशको पहाडी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
विभागका अनुसार कोसी र मधेस प्रदेशलगायत वाग्मती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपासमा रहेको विभागले बताएको छ ।