☰ open Loading... 16 September 2025|  

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, दुई लाख १६ हजारनजिक
पश्चिम नेपाल   | २७ भाद्र २०८२, शुक्रबार १२:४६

नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्यले हालसम्मकै उच्च विन्दु कायम गरेको छ । सुन प्रतितोला दुई लाख १५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन प्रतितोला दुई लाख १४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी ६० रुपैयाँ बढेर हालसम्मकै उच्च मूल्य कायम भएको छ । चाँदी दुई हजार ५६५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी दुई हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।