पश्चिम नेपाल | ३० भाद्र २०८२, सोमबार ११:१४
नेपाली बजारमा सोमबार (भदौ ३०) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख १५ हजार २०० रुपैयाँ कायम छ । आइतबार (भदौ २९) छापावाल सुन प्रतितोला दुई लाख १५ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दु कायम भएको छ । चाँदी प्रतितोला दुई हजार ५७५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार प्रतितोला चाँदी दुई हजार ५७० रुपैयाँमा कारोबार भएको थियो ।