☰ open Loading... 27 September 2025|  

पश्चिम नेपालमा भूकम्प गयो
पश्चिम नेपाल   | १ आश्विन २०८२, बुधबार २२:१९

पश्चिम नेपालमा बुधबार राति भूकम्पको धक्का महसुस गरिएको छ ।

रूकुम पूर्व र बाग्लुङको सीमानामा केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसका साथै गुल्मी, अर्घाखाँचीलगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

यसअघि भदौ ६ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो ।