☰ open Loading... 27 September 2025|  

दसैँ टीकाको साइत कति बेला ?
पश्चिम नेपाल   | ४ आश्विन २०८२, शनिबार २१:४०

यो वर्ष बडादसैँको टीका विभिन्न देशमा लगाइने शुभसाइत सार्वजनिक गरिएको छ । विदेशमा बस्ने नेपालीका निम्ति अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले शनिबार (असोज ४) साइत सार्वजनिक गरेको हो ।

देशभित्रका निम्ति नेपाल पञ्चांग निर्णायक विकास समितिले यसअघि नै साइत सार्वजनिक गरिसकेको छ । नेपालमा असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा दसैँ टीकाको उत्तमसाइत रहेको समितिले जनाएको छ ।