☰ open Loading... 27 September 2025|  

सुनको मूल्य तोलामा ११ सयले बढ्यो
पश्चिम नेपाल   | ५ आश्विन २०८२, आईतवार १९:५५

स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले बढेको छ ।

आइतबार (असोज ५) सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा खरिद–बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको शुक्रबार (असोज ३) सुन प्रतितोला दुई लाख १६ हजार रुपैयाँमा खरिद बिक्री–भएको थियो ।

यस दिन चाँदी प्रतितोला दुई हजार ६२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।