☰ open Loading... 27 September 2025|  

राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा टेकेन्द्र कार्की नियुक्त
पश्चिम नेपाल   | ५ आश्विन २०८२, आईतवार २०:४७

आइतबार बसेकाे मन्त्रिपरिषदकाे बैठकले नियुक्त गरेकाे गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

विभागका प्रमुख हुतराज थापा भदौ २९ मा अवकाश भएपछि उक्त पद रिक्त थियो । केपी ओली नेतृत्वको सरकारको वहिर्गमन र नयाँ सरकार गठनमा भएको बिलम्बका कारण विभागको प्रमुख नियुक्तिमा ढिलाई भएको हो ।

विभाग नेपाल सरकारको एकमात्र गुप्तचर निकाय हो । उक्त विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत छ । गुप्तचरी सूचनाको संकलन र विश्लेषणमा गम्भीर त्रुटी हुँदा भदौ २३ र २४ को जेनजी आन्दोलनले भयावह रुप लिएको चर्चा हुने गरेको छ ।

सरकारले नियुक्त गरेका प्रमुख कार्की अतिरिक्त मुख्य अनुसन्धान निर्देशकका रुपमा कार्यरत थिए । प्रहरी संरचनामा उक्त पद एआईजीस्तरको मानिन्छ ।

विभागको प्रमुखका निम्ति कार्कीसँगै अर्का अतिरिक्त मुख्य अनुसन्धान अधिकृत ओम जोशी प्रतिस्पर्धामा थिए ।