पश्चिम नेपाल   | १२ आश्विन २०८२, आईतवार १०:४२
  रुकुमपश्चिमबाट दाङ गइरहेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
आइतबार बिहान रुकुमपश्चिमबाट दाङतर्फ गइरहेको फोर्स गाडी राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा गाडी दुर्घटना भएको एसपी रामप्रसाद घर्ति मगरले जानकारी दिएका छन्।
रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराही आउँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडी आज बिहान करिब चार बजे सडकबाट करिब चार सय मिटर तल खसेर दुर्घटना भएको उनले बताए।
गाडीमा पाँच जना यात्रु रहेका थिए। जसमध्ये तीन जनाको घटनास्थलमा मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
घाइतेहरूको उपचारका लागि नेपालगञ्ज पठाइएको उनले बताए।
