पश्चिम नेपाल | १९ आश्विन २०८२, आईतवार १३:१२
इलाममा अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ।
इलाम नगरपालिका ६, घोसमा एकै घरमा छ जनाको पहिरोले पुरिएर मृत्यु भएको छ। सूर्योदय नगरपालिका १, मानेभज्याङमा पनि पहिरोले पुरिएर एकै घरका आमाछोरीसहित पाँच जनाको मृत्यु भएको छ।
यसैगरी, माङ्सेबुङ गाउँपालिकामा १ मा ३, देउमाई नगरपालिकामा २, खापखुकपुङमा गाउँपालिकामा १, माइजोगमाई गाउँपालिकामा ८ गरी जम्मा २५ जनाको मृत्यु भएको सशस्त्र प्रहरीको तथ्यांङ्कले देखाएको छ।