☰ open Loading... 9 October 2025|  

सुनको मूल्य २ लाख ३५ हजार नाग्यो
पश्चिम नेपाल   | २१ आश्विन २०८२, मंगलवार ११:३१

मंगलबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँ मूल्य तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २ लाख ३३ हजार १ सय रुपैयाँ थियो । दिनदिनै सुनको मूल्य बढ्दै जाँदा नयाँ रेकर्ड बनिरहेको छ ।