☰ open Loading... 10 October 2025|  

सल्यानमा जन्ती बोकेको जीप दुर्घटना, दुलाहा–दुलहीसहित १२ जना घाइते
पश्चिम नेपाल   | २३ आश्विन २०८२, बिहीबार २१:०५

सल्यानको शारदा नगरपालिका–९, ज्वालापुरमा बिहीबार (असोज २३) जन्ती बोकेको जीप दुर्घटना हुँदा दुलाहा–दुलहीसहित १२ जना घाइते भएका छन् ।

लु.प्र.०२–००१ ज.००२१ नम्बरको जीप भागाचौरदेखि थापाचौरतर्फ जन्ती बोकेर जाँदै थियो । उक्त जीप अनियन्त्रित भई

सडकबाट करिब २०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । प्रहरीका अनुसार, घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।