☰ open Loading... 4 November 2025|  

आफ्नो गाडी नचढेको भन्दै बसपार्कभित्र यात्रुमाथि कुटपिट
पश्चिम नेपाल   | २७ आश्विन २०८२, सोमबार १८:५९

आईतवार साँझ करिब ४ बजेपछि सुर्खेत बसपार्कभित्र यात्रुमाथि मध्यपश्चिम यातायात प्रा.ली.का स्टार्फहरुले कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।

कालिकोटको मान्मबाट हाईसमा आएका यात्रुहरुलाई ‘मेलमा आएको गाडी’ भन्दै समितिका स्टाफ कृष्ण बरालले अर्का स्टाफ दिपक शाहीलाई बोलाएर यात्रु कुटाएका हुन् । मान्मबाट घरको लागि खसी ल्याएर आएका यात्रुहरु कोहलपुर जाने तयारीमा थिए । समितिका स्टाफले आफ्नो गाडीमा नचढेको भन्दै यात्रुहरु कपुरे पाण्डे, धन पाण्डे, चरित्र देवकोटा र सुप्रिया रिजालमाथि हातपात गरेको हुन् ।

कुटपिटबाट यात्रुहरुको टाउको, आँखा र शरीरका विभिन्न भागमा चोट लागेको छ । गाडी हेरेर छानेर चढ्ने अधिकार हुँदाहुँदै पनि आफ्नो गाडीमा नचढेको भन्दै एक्कासी कुटपिट गरेको पीडित चरित्र देवकोटाले बताएका छन् ।

घटनापछि पीडितहरुले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दर्ता गरेका छन् । बसपार्कभित्र यात्रुमाथि समितिका स्टार्फ र गाडीका सहकर्मीहरुले बारम्बार झगडा र अस्वाभाविक व्यवहार गर्ने गुनासो आउने गरेको छ । दिनहुँ बसपार्क क्षेत्रभित्र यात्रुहरुमाथि हिंसा हुने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग वुढथापाले पनि यात्रुहरुमाथि कुटपिट भएको उजुरी परेको पुष्टि गरेका छन् । उनले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्