☰ open Loading... 4 November 2025|  

“७० औं प्रहरी दिवस–२०८२” को अवसरमा दैलेखमा सरसफाई तथा वृक्षारोपण
पश्चिम नेपाल   | २९ आश्विन २०८२, बुधबार १२:१८

जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा तथा नारायण नगरपालिकाको सहकार्यमा “७० औं प्रहरी दिवस–२०८२” को अवसरमा एक विशेष सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रम नारायण नगरपालिका वडा नं. ०१ स्थित बसपार्क क्षेत्रमा सम्पन्न गरिएको हो। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) गणेश बहादुर बरालको कमाण्डमा प्रहरी टोली खटिएको थियो।

उक्त कार्यक्रममा नगरपालिकाका कर्मचारी, सञ्चारकर्मी, होटल व्यवसायी तथा स्थानिय सर्वसाधारणको समेत उल्लेखनीय सहभागिता रहेको थियो। सहभागिहरूले बसपार्क क्षेत्रको सरसफाई गर्नुका साथै वातावरण संरक्षणका लागि वृक्षारोपण समेत गरेका थिए।

यस प्रकारका कार्यक्रमहरूले समुदायमा प्रहरी प्रतिको विश्वास अभिवृद्धि गर्नुका साथै वातावरणीय सचेतनामा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।