☰ open Loading... 4 November 2025|  

सुर्खेतमा जुवातास खेल्दै गरेका ११ जना नगद र ताससहित पक्राउ
पश्चिम नेपाल   | ३१ आश्विन २०८२, शुक्रबार १२:१८

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ स्थित खजुरा क्षेत्रबाट जुवातास खेल्दै गरेका ११ जना प्रहरीले नियन्त्रणमा लिएको छ। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले मङ्गलबार साँझ ६:३० बजे रुद्र प्रसाद खनालको घरमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्ने व्यक्तिहरूमध्ये घरधनी ५१ वर्षीय रुद्र प्रसाद खनालसहित ५५ वर्षीय दुर्ग बहादुर पुलामी, २५ वर्षीय सुनिल गौतम, ३५ वर्षीय जगत बहादुर राना, ५३ वर्षीय सुरत बहादुर शाही, ४० वर्षीय बिरजंग शाही, ५५ वर्षीय रेशम मल्ल, ४५ वर्षीय रमेश खाँण, ३९ वर्षीय दानबहादुर सिंह, ४३ वर्षीय अशोक कुमार खड्का र ४८ वर्षीय बिनोद मल्ल रहेका छन्।

छापाको क्रममा प्रहरीले आठ बुक ४३ पत्ती तास (खोलेको), नगद ५८ हजार ९ सय ४० रुपैयाँ र ९ थान मोबाइल फोन बरामद गरेको जनाएको छ। उनीहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको प्रहरी प्रवक्ता मोहनजंग बुढ थापाले बताए ।

प्रहरीका अनुसार जुवा र सट्टेबाजीसम्बन्धी गतिविधि नियन्त्रण गर्न निगरानीलाई अझ सशक्त बनाइएको छ। पछिल्ला दिनमा जुवातासका घटनामा वृद्धि हुन थालेपछि प्रहरीले समुदायको सहयोगमा निगरानी र कारबाही दुवैलाई तीव्र बनाएको बताएको छ।