☰ open Loading... 4 November 2025|  

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु
पश्चिम नेपाल   | ७ कार्तिक २०८२, शुक्रबार १९:३३

जिल्ला सदरमुकाम मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा कम्तिमा ७ जनाको ज्यान गएको छ । घटनास्थल खलंगाबाट करिब ३५ किलोमिटरको दूरीमा पर्छ ।

रा १ ज ४२२ नम्बरको बोलेरो जिप बाँफिकोट गाउँपालिका–७ लिस्ने भिरमा दुर्घटना भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार अहिलेसम्म ७ जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा रूकुम पश्चिम आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीया कमला ओली, आठबिसकोट नगरपालिकाकै १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका ओली, १८ वर्षीया शर्मिला वि.क., २२ वर्षीया गोपाल ओली रहेका छन् । १ जनाको पहिचान हुन सकेको छैन ।

जिपमा सवार १० जना घाइते भएका छन ।