☰ open Loading... 4 November 2025|  

११ हजार ६ सयले घट्यो सुन
पश्चिम नेपाल   | ९ कार्तिक २०८२, आईतवार ११:३५

साताको पहिलो दिन आज सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको मूल्य तोलामा २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन गत सोमबारको तुलनामा तोलामा ११ हजार ६०० रुपैयाँले सस्तो हो। गत सोमबार तिहार बिदाअघि सुनको मूल्य तोलामा २ लाख ५३ हजार ५०० रुपैयाँ रहेको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ। आज चाँदी तोलामा ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन गत सोमबारको ३ हजार २८० रुपैयाँको तुलनामा तोलामा २६५ रुपैयाँले घटेको छ।

यो मूल्य गिरावटले बजारमा सुनचाँदी खरिद गर्न चाहने ग्राहकहरूलाई आकर्षित गर्न सक्ने देखिन्छ।