☰ open Loading... 4 November 2025|  

उदाउँदो सूर्यलाई अर्घ चढाएर छठ सम्पन्न
पश्चिम नेपाल   | ११ कार्तिक २०८२, मंगलवार ०७:२८

उदाउँदो सूर्यलाई मंगलबार बिहान अर्घ दिएर यस वर्षको छठ विधिवत् रूपमा सम्पन्न भएको छ। व्रतालुले मंगलबार बिहान सबेरै घर नजिकका जलाशयमा पानीमा डुबेर सूर्योदयको प्रतीक्षा गरेका थिए।

सूर्योदयसँगै बाँसको सुपुलीमा विधिवत् रूपमा नरिवल, ठेकुवा र अन्य पूजा सामग्रीको अघ्र्य दिएर व्रतालुहरूले व्रत विधिवत् रूपमा सम्पन्न गरेका छन्।

श्निबार बिहान नहाय खाय, आइतबार साँझ सख्खर, दूध र चामलबाट तयार पारिएको खीर खाएका व्रतालुहरूले सोमबार दिनभर पानीसमेत नपिएर कठोर व्रत लिएका थिए। मंगलबार बिहान छठ घाटबाट घर फर्केपछि व्रतालुहरूले सबैभन्दा पहिले छठीमाताको प्रसादका रूपमा रहेको ठेकुवा, केरा लगायतका प्रसाद खाएर ब्रत तोडेका छन्।