पश्चिम नेपाल   | १३ कार्तिक २०८२, बिहीबार १०:१०
  बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव देखिन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि शनिबारसम्म कोशी, मधेश र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको छ ।
विभागअन्तर्गतकै बाढी पूर्वानुमान महाशाखाले आगामी ३ दिन विभिन्न नदीहरूमा आकस्मिक बहाव बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । बिहीबार कोशी, मधेश, बागमती र लुम्बिी प्रदेशका केही जिल्ला भई बग्ने नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै शुक्रबार र शनिबार पनि कोशी, मधेश र बागमती प्रदेश भई बहने स-साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान छ ।
