☰ open Loading... 4 November 2025|  

गुन्द्रुकको भाउ बढ्यो
पश्चिम नेपाल   | १८ कार्तिक २०८२, मंगलवार १२:५०

बजारमा गुन्द्रुकको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार मंगलबार गुन्द्रुक प्रतिकिलो थोकमा न्यूनतम २ सय ५० देखि अधिकतम ३ सय ८० र औसत ३ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।

हिजो सोमबार भने गुन्द्रुक प्रतिकिलो न्यूनतम २ सय ५० देखि अधिकतम ३ सय र औसत २ सय ७६ रुपैयाँमा किनबेच भएको थियो । सोमबारको तुलनामा आज मंगलबार गुन्द्रुकको प्रतिकिलो औसत मूल्य ३४ रुपैयाँ बढेको हो ।