पाल्पा विभिन्न ठाउँबाट प्रहरीले भन्सार छलेर चोरी पैठारी गरी ल्याएका अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाले यहाँका दुई छुट्टाछुट्टै स्थानबाट एक लाख ३३ हजार ६०० बराबरको अवैध सामान बरामद गरेको हो।
जिल्ला रम्भागाउँपालिका र बगनासका लीगाउँपालिकाअन्तर्गत विभिन्न वडामा जिल्ला प्रहरी कार्यालयमा तह कार्यालयबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी पैठारी गरी ल्याएका सामान बरामद गरिएको जल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले बताए।
उनका अनुसार ५१ हजार ४५० बराबरको ३४३ पिस लेडिज सल, २४ हजार ६०० बराबरको ४१ पिसलेडिज कुर्था सुरुवाल, १८ हजार ८०० बराबरको बच्चा कपडा सेट र ३८ हजार ७५० बराबरको विज्ली लेखेको–सुर्ती प्याकेट बरामद गरिएको छ। बिलभौचर नभएकाले नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरी नायव उपरीक्षक चौधरीले बताए।
पाल्पामा यसरी अवैध रूपमा सामान ओसारपसार गर्ने क्रम बढ्दो छ। जसको प्रत्यक्ष असर सरकारको राजश्वमा पर्ने देखिएको छ। भन्सार छली गरी अवैध रूपमा ठूलो मात्रामा सामान भित्रिने गर्दा राज्यलाई दिनहुँ ठूलो मात्रामा राजश्व नोक्सानी पर्न गएको छ। सम्बन्धित निकाय मौन बसिदिँदा यो क्रम दिनानुदिन बढ्दै गइरहेको छ। विगतमा सीमा आसपासमा मात्र यस्ता गतिविधि भए पनि हाल आएर पाल्पा, गुल्मी, रुपन्देही, कपिलवस्तु एवं नवलपरासीका सम्पूर्ण क्षेत्रसम्म विस्तार भएको छ।
