☰ open Loading... 27 November 2025|  

सुर्खेतमा प्रहरी निरीक्षक भटटराई छानविनको दायरामा
पश्चिम नेपाल   | २७ कार्तिक २०८२, बिहीबार १४:००

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा शिक्षक कर्मचारी सुरुवाको विषयमा विरोध गर्न पुगेका अभिभावक संघ, अभिभावक, सामुदायिक विद्यालय ब्यवस्थापन समिति, र शिक्षकहरुमाथि शान्तीपूर्व रुपमा विरोध कार्यक्रम गर्न गएको बेला प्रहरीले गरेको दमनको विरुद्ध छानविन सुरु भएको छ ।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (एसएसपी) केदार प्रसाद खनालको संयोजत्वमा ५ सदस्यीय छानविन समिति गठन भई बुधवारबाट आफ्नो काम सुरु गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कार्यरत प्रहरी निरीक्षक राजन कुमार भटटराईले शिक्षक कर्मचारी सुरुवाको विरोधमा गएकाहरुलाई बल प्रयोग गरी कुटपिट गरी हतकडी लगाएर प्रहरी कार्यालयमा ल्याएका थिए ।

सामान्य विरोध प्रर्दशन तथा तालाबन्दी कार्यक्रममा प्रहरी निरीक्षक भटटाराईले अमानविय रुपमा प्रस्तुत भएको र मानवअधिकार हनन् गरेको भन्दै उजुरी परेपछि गृह मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालयले छानविन समिति बनाउन निर्देशन गरेपछि बुधवारबाट छानविन भईरहेको छ ।

मेरो नेतृत्वमा ५ सदस्यिय छानविन समिति बनाएर काम सुरु भईरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (एसएसपी) केदार प्रसाद खनालले बताए । छानविन समितिले प्रहरी निरीक्षक भटटराईलाई बयान लिई प्रतिवेदन पेश गर्नेछ ।

आफुलाई सामान्य विरोध प्रदर्शनमा हतकडी लगाई पटक पटक गोप्य अंगमा प्रहार गरेको र गाडीमा लिदै गर्दा बाटोमा पनि कुटपिट गरेको, जिल्ला प्रहरी कार्यालयभित्र गाडीबाट झार्दा फेरी अमानविय रुपमा लछारपछार गर्दै हिरासत कक्षमा पुराएको पीडित बखत शाहीले बताए ।

छानविन सम्वन्धी हामीलाई बोलाएर सोधपुछ गयो । पीडित बखत शाहीले भने, छानविन समितिले सत्यतथ्य बुझी कार्वाही गर्ने छ भन्ने विश्वास लिएका छौं साथै निजलाई कार्वाही नभएमा थप कानुनी प्रकृयामा जान बाध्य हुनेछौं । छानविन समितिले पीडितहरु गोविन्द कोईराला, चित्रनाथ योगी, भक्तबहादुर शाही घटनाका बारेमा सोधपुछ गरेको छ ।

वीरेन्द्रनगर नगरपालिकाले आफन्त र आफु निकट राजनितिक आस्था राख्ने शिक्षक कर्मचारीलाई एकलौटी रुपमा नियमविपरित सरुवा गरेको भन्दै नगरपालिकामा विरोध भएको थियो ।