☰ open Loading... 27 November 2025|  

बबईमा ट्राफिक र नेपाल प्रहरी टोली फेरियो
पश्चिम नेपाल   | १ मंसिर २०८२, सोमबार १५:३९

जनताबाट कर्णाली प्रदेश छिर्ने प्रमुख नाका बबईमा रहेको चेक पोष्टमा कार्यरत प्रहरीहरुले दुःख दिने गरेको गुनासो आएपछि ट्राफिक प्रहरी र नेपाल प्रहरीको सवै टोली नै परिवर्तन गरिएको छ ।

जनताबाट गुनासो आएपछि बबईमा रहेका ट्राफिक प्रहरी र नेपाल प्रहरीको सवै टोली नै परिवर्तन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रमुख (एसएसपी) केदार प्रसाद खनाले बताए ।

बेलाबेलामा बबईमा प्रहरीबाट सवारी साधन तथा यात्रुहरुलाई दुःख दिने गरेको गुनासो आईरहेका बेला प्रदेश प्रहरीले एक्सन लिएको हो ।

बबईमा कार्यरत टोली गणमा झिकाईएपछि जिल्ला प्रहरी कार्यालयले नयाँ टोली पठाएको छ । हवल्दारसहित ४ जना ट्राफिक प्रहरी, असई सहित ११ जना नेपाल प्रहरीको टोली बबईमा गण फिर्ता बोलाईएको जनाईएको छ ।

प्रदेश प्रहरीका अनुसार बबईमा जनता र सवारी साधनलाई दिईने दुःखका बारेमा अनुसन्धान गर्न छानविन समिति समेत बनाईएको छ । छानविन समितिले दिर्घकालिन समस्या समाधानका लागि बबई प्रहरी र पीडितहरुसंग जाँचबुझ गरिएको छ ।

सेवा दिन बसेकाबाट गलत भए जो कोही होस् नछोडिने कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रमुख केदार प्रसाद खनालले बताए । बबईमा सवारी साधन चेकिङ्गका नाममा पैसा असुल गर्ने र यात्रुहरुलाई दुःख दिने गरेको पाईएको थियो ।

कर्णाली प्रदेशले एक्सन लिएर छानविन गरी प्रहरी युनिट नै परिवर्तन गरिसकेको बेला लुम्वीनी प्रदेश प्रहरी कार्यालयले बदिर्या जिल्ला प्रहरी कार्यालय अन्र्तगत रहेको बबई बजारमा रहेका ट्राफिक प्रहरी र नेपाल प्रहरीका बारेमा ठोस कदम चालेको छैन् ।