☰ open Loading... 28 November 2025|  

सुनको मूल्य ५२ सयले बढ्यो
पश्चिम नेपाल   | ९ मंसिर २०८२, मंगलवार ११:५३

स्थानीय बजारमा आज सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य हिजो (सोमबार) को तुलनामा प्रतितोला ५ हजार २ सय रुपैयाँले बढी हो। हिजो छापावाला सुन प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य प्रतितोला ३२ सय रुपैयाँ पुगेको छ। यो हिजोको तुलनामा प्रतितोला ८५ रुपैयाँले बढी हो। हिजो चाँदी प्रतितोला ३ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो।