पश्चिम नेपाल | ११ मंसिर २०८२, बिहीबार १५:३७
सल्यानको शारदा नदीमा अवैध रूपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा प्रहरीले दुई वटा हेभी इक्युपमेन्ट (जेसिबी र स्काभेटर) सहित चालकलाई नियन्त्रणमा लिएको छ।
शारदा नगरपालिका–१ रेशम ज्युलास्थित शारदा नदीमा अवैध रूपमा बालुवा निकालिरहेको रा १ क १३६७ नम्बरको जेसिबी र त्यसका चालक २८ वर्षीय सेतीलाल डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । डाँगी शारदा नगरपालिका–१५ का बासिन्दा हुन् ।
जिल्लाकै सिद्धकुमाख गाउँपालिका–१ मोख्लास्थित शारदा नदीमै अवैध उत्खनन गरिरहेको बा १ क ५४३२ नम्बरको स्काभेटर र चालक २३ वर्षीय ललित खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ। खड्का सिद्धकुमाख–४ चाँदेका बासिन्दा हुन्।
नदीजन्य पदार्थको अवैध दोहन रोक्ने क्रममा दुवै सवारी साधन र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
