☰ open Loading... 29 September 2025|  

बौद्धिक बहस अभियान जुम्लाबाट शुरु हुँदै
  | १६ चैत्र २०७३, बुधबार ०९:१३

जुम्ला  । नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनका केन्द्रिय अध्यक्ष नरेश भण्डारीले जुम्लाबाट चार महिने बौद्धिक बहस अभियान संचालन गर्ने भएका छन् । देश संचालनको प्रमुख जिम्मेवारी काँधमा बोकेको बृद्धिजिवि संगठनले बैचारिक अन्बेषणलाई जोड दिन अभियान शुरु गर्न लागेको बताएका हुन् ।

नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनको प्रथम जिल्ला एकता भेला तथा अन्तरक्रियाका कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनका केन्द्रिय अध्यक्ष एवम् पूर्व सभासद् समेत रहेका  भण्डारीले बुद्धिजीवि संगठनले देशमा तत्काल बैचारिक अन्बेषण प्रतिष्ठान स्थापना गर्ने रणनीति तय गरेको जानकारी दिए ।

राज्यले बौद्धिक व्यक्तिको सहि मुल्याकंन गर्न नसके नेपालमा गरिबीपन कायम रहने बताएका जुम्ला सहित सम्रग देशबाट पलायन हुने नेपाली शक्तिलाई स्वदेशमा स्थापित गर्नको आफूहरुले पहल गर्ने पनि उल्लेख गरे ।
कार्यक्रममा मनोज बुढाथोकी मगरले नेपाल राष्ट्रिय बृद्धिजीवि संगठनको केन्द्रिय कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रले कर्णालीको पहिचान झल्काएको भन्दै खाका, भाषा शैली तथा तिथिमितिहरु सबै सान्र्दभिक रहेको सहभागीहरुको भनाई थियो ।