
३ जना चढ्ने अटोमा ८ जना, दुर्घटनामा परी ७ घाईते
प्रकाशित मितिः २ कार्तिक २०८१, शुक्रबार १९:४८
सडक दुर्घटनाको मुख्य कारण क्षमताभन्दा बढी यात्रु बोक्नु तथा ट्राफिक नियम उल्लङ्घन नै हो भन्ने थाहा हुँदाहुँदै पनि चालकहरुले अधिक भार बोक्न नछाड्दा बारम्बार दुर्घट्ना हुने गरेको छ ।
उदयपुर सदरमुकाम गाईघाटमा यस्तै अधिक यात्रु बोकेको अटो टेम्पु शुक्रबार दुर्घटनामा पर्दा चालकसहित ७ यात्रु घाईते भएका छन् । त्रियुगा नगरपालिका १४ साउनेदेखि गाईघाट आउँदै गरेको स १ ह ८८७ नं. को अटो टेम्पु दुर्घटनामा पर