भैरहवा विमानस्थल धावनमार्गमा चिप्लिएको बुद्धको जहाज निकालियो
प्रकाशित मितिः २८ असार २०८१, शुक्रबार २०:४४
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा फसेको बुद्ध एयरको जहाज निकालिएको छ ।
विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जहाज प्राविधिक टोलीले सफलतापूर्वक निकालेको जानकारी दिए ।
बुद्धको उडान नम्बर ८०५ जहाज नाइनएन–एओसी काठमाडौंबाट भैरहवा पुगेको थियो ।
९ बजेर ३ मिनेट जाँदा भैरहवा विमानस्थलमा अवतरण गरेको यो जहाज धावनमार्गको आधा पुग्दा अधिक वर्षा हुँदा ‘हाइड्रोप्लानिङ’ क