☰ open Loading... 23 January 2025|  

दुर्घटना

सिमलतालमा भेलबाढीः फेला परेका १९ शवमध्ये १४ को सनाखत

सिमलतालमा भेलबाढीः फेला परेका १९ शवमध्ये १४ को सनाखत

    प्रकाशित मितिः ३ श्रावण २०८१, बिहीबार १२:३३
चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरामा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये हालसम्म १९ को शव फेला परेको छ। सशस्त्र प्रहरी बल नेपालकानुसार तीमध्ये १४ शवको सनाखत भएको छ भने बाँकी पाँचजनाको सनाखत हुन बाँकी छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बिहीबारसम्म १९ जनाको शव फेला परेको र बाँकीको खोजी कार्य जारी रहेको जान
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, दुई घाइते

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, दुई घाइते

    प्रकाशित मितिः ३१ असार २०८१, सोमबार १५:२९
ट्याक्टर दुर्घटनामा परी सुर्खेतका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत चिङ्गाड गाउँपालिकाका २७ वर्षीय वीर परियार रहेका छन् । उनी ट्याक्टरका चालक हुन् । आइतबार बेलुका कालिकोटको रास्कोट नगरपालिका–५, आरसिपी बजार नजिकै फुकोट –तर्फ जाँदै गरेको भे २ त २६१२ नम्बरको ट्याक्टर सडकदेखि अन्दाजी एक सय मिटर तल खसेको थियो । प्रदेश ट्राफिक कार्यालयका अनुसार सवारी दुर्घटनामा चालक सहित तीन जना व्यक्ति
त्रिशूलीमा खसेका बस भेटिएनन्

त्रिशूलीमा खसेका बस भेटिएनन्

    प्रकाशित मितिः २९ असार २०८१, शनिबार ०६:५०
नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने सिमलतालबाट शुक्रबार बिहान २ बजेतिर पहिरोमा परी त्रिशूली नदीमा खसेका दुईवटा बस भेटिएका छैनन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले शुक्रबार बिहानैदेखि डुंगामार्फत खोजी गरे पनि साँझसम्म ती बस नभेटिएका हुन्। सिमलतालको पहिरोमा परेर वीरगन्जबाट काठमाडौं आउँदै गरेका बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश
भैरहवा विमानस्थल धावनमार्गमा चिप्लिएको बुद्धको जहाज निकालियो

भैरहवा विमानस्थल धावनमार्गमा चिप्लिएको बुद्धको जहाज निकालियो

    प्रकाशित मितिः २८ असार २०८१, शुक्रबार २०:४४
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा फसेको बुद्ध एयरको जहाज निकालिएको छ । विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जहाज प्राविधिक टोलीले सफलतापूर्वक निकालेको जानकारी दिए । बुद्धको उडान नम्बर ८०५ जहाज नाइनएन–एओसी काठमाडौंबाट भैरहवा पुगेको थियो । ९ बजेर ३ मिनेट जाँदा भैरहवा विमानस्थलमा अवतरण गरेको यो जहाज धावनमार्गको आधा पुग्दा अधिक वर्षा हुँदा ‘हाइड्रोप्लानिङ’ क
त्रिशूलीमा बस खस्दा शोकमा डुब्यो रौतहट

त्रिशूलीमा बस खस्दा शोकमा डुब्यो रौतहट

    प्रकाशित मितिः २८ असार २०८१, शुक्रबार २०:२७
असार २८ को बिहानीले रौतहटमा एक दुःखद खबर लिएर आयो। त्रिशूली नदीमा रौतहटको बस खसेर बेपत्ता भएको समाचारले जिल्लामा शोकको लहर फैलियो। शुक्रबार बिहान करिब ३ बजे, वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको एञ्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसलाई लेदो सहितको पहिरोले त्रिशूली नदीमा बगायो, जसले रौतहटमा दिनभर शोकमग्न वातावरण बनायो। पहिरोले बगाउँदा बेपत्ता भएका दुई बस शुक्रबार साँझसम्म फेला प

पूर्व पश्चिम राजमार्गको पसाहा पुल नजिकै बस दुर्घटना, १४ जना घाइते

    प्रकाशित मितिः २७ असार २०८१, बिहीबार २१:००
पूर्व पश्चिम राजमार्गको पसाहा पुल नजिकै आज बिहान १० बजेतिर बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। मलंगवाबाट पर्साको बीरगञ्जतर्फ जाँदै गरेको ना ४ ख ७१९४ नम्बरको बस पूर्व पश्चिम लोकमार्ग अन्तर्गत बाराको पसाह खोला नजिकै पल्टिँदा १४ जना घाइते भएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सुमित कुशवाहाले बताए । भारी वर्षा भइरहेको समयमा तीव्र गतिमा रहेको बसले ओभरटेक गर्न खोज्दा पल्टिन

४ जना मृत अवस्थामा फेला

    प्रकाशित मितिः २७ असार २०८१, बिहीबार २०:५६
विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सप्तरीको खडक नगरपालिका-८ बिसनपुर स्थित बाँसको झाङ मुनि जमेको पानीमा सोही ठाउँ बस्ने ४५ वर्षीया रम्भा देवी चौधरी कलवार बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । पाल्पाको माथागढी गाउँपालिका-४ झडेवास्थित झडेवा खोलामा पनि सोही गाउँपालिका-४ बस्ने ७९ वर्षीया पदम कुमारी घर्ती क्षेत्री बिहीबार मृत अवस्थामा फेला परेकी छिन्