☰ open Loading... 26 September 2025|  

दुर्घटना

यात्रुवाहक विंगर दुर्घटना हुँदा १२ यात्रु घाइते

यात्रुवाहक विंगर दुर्घटना हुँदा १२ यात्रु घाइते

    प्रकाशित मितिः २ आश्विन २०८१, बुधबार १३:३४
बर्दिया राष्ट्रिय निकुञ्जस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गको ठाकुरबाबा नगरपालिका–१ अम्रनी पोष्ट नजिक यात्रु बाहक विंगर दुर्घटना हुँदा बुधबार १२ यात्रु घाइते भएका छन् । अम्रेनी पोष्टदेखि करिब २ किमी पश्चिम उक्त दुर्घटना भएको हो । धनगढीबाट नेपालगन्ज तर्फ गइरहेको से १ज १०२८ नम्बरको विगंर सडकदेखि दश मिटर तल खसेकोडुबेको जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुदीप खड्काले बताए । घाइते मध्ये तीन जना
जिप दुर्घटनामा घाइते दुई जनाको मृत्यु

जिप दुर्घटनामा घाइते दुई जनाको मृत्यु

    प्रकाशित मितिः १ आश्विन २०८१, मंगलवार १२:३८
सल्यानमा बोलेरो जिप दुर्घटनामा परी घाइते भएका दुईको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका-४ फलाबाङ्गबाट लुहाम बजार जाँदै गरेको रा १ च १०४३ नम्बरको बोलेरो जिप सोमबार बेलुकी पुतली दरबार नजिकै दुर्घटना हुँदा गम्भीर घाइते भएका ५५ वर्षीय टोपबहादुर साहु र लाली रावतको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रनि रेसमबहादुर खत्रीका अनुसार सोमबार बेलुकी जिप दुर्घटना हुँदा
बोलेरो जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते

बोलेरो जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते

    प्रकाशित मितिः १ आश्विन २०८१, मंगलवार ०७:०७
सल्यानमा सोमबार बेलुका जीप दुर्घटना हुँदा चालकसहित ५ जना घाइते भएका छन् । त्रिबेणी गाउँपालिका-४ फलाबाङ्गबाट लुहाम बजार जाँदै गरेको रा १ च १०४३ नम्बरको बोलेरो जीप पुतली दरबारनजिकै दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक रेसमबहादुर खत्रीका अनुसार घाइते हुनेमा त्रिबेणी गाउँपालिका-३ का चालक २८ वर्षीय कमल रेउले, वडा नं ४ का ५५ वर्षीय टोपबहादुर साहु, सोहो वडाका ५५ वर
बारामा बस दुर्घटनाः ४३ जना घाइते, आठको अवस्था गम्भीर

बारामा बस दुर्घटनाः ४३ जना घाइते, आठको अवस्था गम्भीर

    प्रकाशित मितिः ३१ भाद्र २०८१, सोमबार ०८:४६
बाराको पूर्व-पश्चिम राजमार्गस्थित उनासी पुलमा बस दुर्घटना हुँदा ४३ जना घाईते भएका छन्। दुर्घटनामा अन्य ८ जना गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे जानकारी दिए। उनका अनुसार गएराति एक बजे काँकडभिट्टादेखि दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नं. को बसको पट्टा भाँचिए पछि अनियन्त्रित भएर पुलबाट ८ मिटर तल खसेको थियो। घाइते सबैको उपचार स्थानीय अस्पतालमा भइरहेको छ।
गुडिरहेको गाडीमाथि पहिरो खस्दा एक जनाको मृत्यु

गुडिरहेको गाडीमाथि पहिरो खस्दा एक जनाको मृत्यु

    प्रकाशित मितिः ३० भाद्र २०८१, आईतवार ०९:२२
ताप्लेजुङमा पिकअपभ्यानमा माथिबाट खसेको पहिरो सहितको ढुङ्गा लाग्दा एक महिला मृत्यु भएको छ । मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिका–३ निवासी २६ वर्षीया निर्मला गुरुङ रहेकी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी विवेक बस्नेतकानुसार फुङ्लिङदेखि फक्ताङलुङ गाउँपालिका जाँदै गरेको मे१ज १३६२ नंको पिकअपभ्यानमाथि फक्ताङलुङ गाउँपालिका—३ सिवा क्षेत्रमा पहिरोसहितको ढुङ्गा खसेको
त्रिशुलीमा खसेको ट्रक आरएमसी कम्पनीको, चालक र सहचालकको अवस्था अज्ञात

त्रिशुलीमा खसेको ट्रक आरएमसी कम्पनीको, चालक र सहचालकको अवस्था अज्ञात

    प्रकाशित मितिः ३० भाद्र २०८१, आईतवार ०९:१६
चितवनको भरतपुर महानगरपालिका २९ स्थित नारायणगढ मुग्लिङ सडकखण्डको सिमलतालमा खसेको ट्रक आरएमसी कम्पनीको रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अुनसार खानेतेल बोकेको ट्रक दुर्घटनामा परेको। ट्रकका चालक र सहचालकबारे भने कुनै जानकारी फेला नपरेको पनि प्रहरीले जनाएको छ। ना ६ ख ६२८३ नम्बरको ट्रक आज बिहान त्रिशूली नदीमा खसेको हो।
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते

बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते

    प्रकाशित मितिः २९ भाद्र २०८१, शनिबार १८:२६
बागलुङको बुर्तिबाङमा घर भत्काउनेक्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार पुनः निर्माणका क्रममा एक्कासी घर भत्किँदा काम गरी रहेका घर धनी विकसहित अन्य ११ जना मजदुर घाइते भएका थिए। विकको उचारका क्रममा ब
भोटेकोसीमा खसेको बोलेरो ७ घण्टापछि निकालियो, चालकसहित एक महिला बेपत्ता

भोटेकोसीमा खसेको बोलेरो ७ घण्टापछि निकालियो, चालकसहित एक महिला बेपत्ता

    प्रकाशित मितिः २८ भाद्र २०८१, शुक्रबार २०:५५
उत्तरी नाका तातोपानी जोड्ने बाह्रबिसे -तातोपानी सडक खण्डको छ्याक्सा नजिकै भोटेकोसी नदीमा फेला परेको क्षतिग्रस्त बोलेरो गाडी ७ घण्टापछि नदीबाट निकालिएको छ । गाडीका चालक र उक्त गाडीमा सवार एक महिला भने बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयकाअनुसार क्षतिग्रस्त बा २० च २१८५ नं. को बोलेराेका चालक भोटेकोशी गाउँपालिका-५ बस्ने अन्दाजी ३८ वर्षीय सानु शेर्पा हुन् । उनीसहित बोलेरोमा बाहृबिसे नगरपालिका-९ बस
बागलुङ दुर्घटना अपडेटः पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्षको मृत्यु

बागलुङ दुर्घटना अपडेटः पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्षको मृत्यु

    प्रकाशित मितिः २८ भाद्र २०८१, शुक्रबार ११:०५
बागलुङको भुङ्खानीमा भएको दुर्घटनामा रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढामगरको मृत्यु भएको छ। गलकोट नगरपालिका २ नरेठाटीको भुङ्खानीमा आज बिहान गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो। दुर्घटनामा परेको गाडी दुर्घटना पुथा उत्तरगंगा गाउँपालिकाका रहेको र गाडीमा गाउँपालिकाका जनप्रतिनिधि सवार रहेको प्रहरीले बताएको छ। जसमा गाउँपालिका उपाध्यक्ष ३३ वर्षीया बुढाको मृत्यु भ
सल्यानमा जिप दुर्घटना, चालकसहित पाँच घाइते

सल्यानमा जिप दुर्घटना, चालकसहित पाँच घाइते

    प्रकाशित मितिः २८ भाद्र २०८१, शुक्रबार ०९:२६
सल्यानमा जिप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन् । जिल्लाको शारदा नगरपालिका-१ श्रीनगरबाट खलंगा आउँदै गरेको कर्णाली प्रदेश ०२००१झ००३५ नम्बरको जिप मैसेपानी नजिकै बिहीबार बेलुकी ५.२० मा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते हुनेमा दैलेको चामुण्डा बिन्द्रासैनी नगरपालिका-१ बस्ने वर्ष ३० का चालक भरतप्रसाद शर्मा, उनकी श्रीमती वर्ष २२ की कविता सिजापती, कास्कीको पोखरा महानगरपालिका-१७ बस्ने