☰ open Loading... 19 December 2024|  

दुर्घटना

फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु

फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु

    प्रकाशित मितिः १४ मंसिर २०८१, शुक्रबार १७:०७
रामेछापको गोकुलगंगा गाउँपालिका फर्फुमा गाडी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । गाडीमा सवार ३ जना गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर विक्रम खड्का मगरले जानकारी दिए ।
दुर्घटनामा गोकुलगंगा ४ का वडाध्यक्षको मृत्यु

दुर्घटनामा गोकुलगंगा ४ का वडाध्यक्षको मृत्यु

    प्रकाशित मितिः १४ मंसिर २०८१, शुक्रबार १७:०१
रामेछाप दुर्घटनामा जिल्लाको गोकुलगंगा गाउँपालिका ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको छ। शुक्रबार दिउँसो गोकुलगंगा गाउँपालिका वडा नं. ६ स्थित सिमलडाँडा भिरमा फोर्स गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । वडाध्यक्ष बस्नेत पनि त्यहीँ परेका हुन् । गाउँपालिका अध्यक्ष काजीबहादुर खड्काका अनुसार वडाध्यक्ष बस्नेतको मृत्यु भइसकेको छ । 'दुखद् भयो । उहाँ पनि पर्नुभयो,' अध्यक्ष खड्काल
बस दुर्घटनाहुँदा १८ जना घाइते

बस दुर्घटनाहुँदा १८ जना घाइते

    प्रकाशित मितिः १४ मंसिर २०८१, शुक्रबार १३:२३
दाङको घोराहीबाट तुलसीपुर जाँदै गरेको बस दुर्घटनाहुँदा १८ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। बसमा ३७ जना यात्रु सवार थिए। घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। रा १ ख १३८२ नम्बरको बस घोराही–तुलसीपुर सडक अन्तर्गत तुलसीपुर १८ बिजौरीको डाँडागाउँनेर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
फोर्स गाडीले ठक्कर दिदाँ मोटरसाईकल चालकको ज्यान गयो

फोर्स गाडीले ठक्कर दिदाँ मोटरसाईकल चालकको ज्यान गयो

    प्रकाशित मितिः ११ मंसिर २०८१, मंगलवार ०९:५०
सुर्खेतको भेरीगंगा नगरपालिकाको सप्तरी छिन्चु सडक खण्डमा सोमवार राती कप्र ०२००७ नम्वरको फोर्स गाडीले विपरित दिशाबाट आएको कप्र ०२००१प ७२६९ नम्वरको मोटरसाईकललाई ठक्कर दिदाँ चालकको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका १०बस्ने वर्ष ५९ का घाईते भएका चालक रविन्द्र कुमार शाहीलाई उपचारका क्रममा प्रदेश अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार राती मोटरसाइकल दुर्घटना हुँदा दैलेखमा चालकको ज्यान गयो

शनिबार राती मोटरसाइकल दुर्घटना हुँदा दैलेखमा चालकको ज्यान गयो

    प्रकाशित मितिः ९ मंसिर २०८१, आईतवार ०७:२२
शनिबार राती दैलेखको गुराँस गाउँ पालिका -४ चिसापानी भन्ने स्थानमा घोडावासदेखि माथिल्लो डुङ्गेश्वर  तर्फ आउदै गरेको कर्णाली प्रदेश ०२-००२ प ३२५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । गुराँस गाँउपालिका- ४ का २६ वर्षका उपेन्द्र शाहीको उपचारको लागि प्रदेश अस्पताल कालागाउँ मृत्यु भएकोे हो । मोटरसाइकल सडक ५० मिटर तल खसेको दैलेखका ट्राफिक प्रमुख टोप बहादुर महताराले जानकारी दिए ।
सुर्खेतमा भएको जिप दुर्घटना १४ घाइते (नाम सहित)

सुर्खेतमा भएको जिप दुर्घटना १४ घाइते (नाम सहित)

    प्रकाशित मितिः ८ मंसिर २०८१, शनिबार १६:३३
सुर्खेतको पञ्चपुरी नगरपालिकामा जिप दुर्घटनामा परेको छ । शनिवार बाबियाचौरबाट चिसापानीतर्फ जाँदै गरेको सुदुरपश्चिम प्रदेश ०१००१ ज १५०७ नम्बरको जिप पञ्चपुरी नगरपालिका–५ गरगरेस्थित बाबियाचौर कुइने भित्री सडक खण्डमा दुर्घटनामा परेको हो । दुर्घटनाबाट करिब १४ जना यात्रु घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाइते हुनेहरुमा सुर्खेत पञ्चपुरी नगरपालिका ५ बस्ने वर्ष ५६ कि पार्बत
जिप दुर्घटनामा १४ जना घाइते

जिप दुर्घटनामा १४ जना घाइते

    प्रकाशित मितिः ८ मंसिर २०८१, शनिबार १६:२१
सुर्खेतको पञ्चपुरी नगरपालिकामा जिप दुर्घटनामा परेको छ । शनिवार बाबियाचौरबाट चिसापानीतर्फ जाँदै गरेको सुदुरपश्चिम प्रदेश ०१००१ ज १५०७ नम्बरको जिप पञ्चपुरी नगरपालिका–५ गरगरेस्थित बाबियाचौर कुइने भित्री सडक खण्डमा दुर्घटनामा परेको हो । दुर्घटनाबाट करिब १४ जना यात्रु घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
दुर्घटनाका कारण अबरुद्ध कर्णाली राजमार्ग खुल्यो

दुर्घटनाका कारण अबरुद्ध कर्णाली राजमार्ग खुल्यो

    प्रकाशित मितिः ७ मंसिर २०८१, शुक्रबार २०:३२
जुम्लाबाट टिकापुर जाँदै गरेको ना ४ ख ६०५६ नम्बरको बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका –३ सिस्नेमा दुर्घटना हुँदा अवरुद्ध राजमार्ग खुलेको छ। बसको ब्रेक फेल हुँदा भित्तामा ठोकिएर सडकमा तेसीएर राजमार्ग अवरुद्ध भएको थियो। राजमार्गमै बस ठोकिएर सडकमा तेसीएर अवरुद्ध हुँदा यातायात आवागमन रोकिएको भएपनि राति ८ बजेबाट खुलेको जिल्ला ट्राफिक कार्यालय दैलेखका प्रमुख टोप बहादुर महताराले जा
दुर्घटनाको कारण कर्णाली राजमार्ग अवरुद्ध

दुर्घटनाको कारण कर्णाली राजमार्ग अवरुद्ध

    प्रकाशित मितिः ७ मंसिर २०८१, शुक्रबार १७:२६
जुम्लाबाट टिकापुर जाँदै गरेको ना४ख ६०५६ नम्वरको बस कर्णाली राजमार्ग अन्र्तगत दैलेखको आठविस नगरपालिका –३ सिस्नेमा दुर्घटना हुँदा राजमार्ग अवरुद्ध भएको छ । बसबो बे्रक फेल हुँदा भित्तामा ठोकिएर सडकमै पल्टिएपछि राजमार्ग अवरुद्ध भएको हो । राजमार्गमै बस पल्टिएका कारण सडक अवरुद्ध हुँदा आवागमन रोकिएको जिल्ला ट्राफिक कार्यालय दैलेखका प्रमुख टोप बहादुर महताराले जानकारी दिए । प्रहरीका अनुसार ८ जना
बस दुर्घटनाका ८ जना घाईतेहरुलाई एम्वुलेन्सबाट सुर्खेत ल्याईदै

बस दुर्घटनाका ८ जना घाईतेहरुलाई एम्वुलेन्सबाट सुर्खेत ल्याईदै

    प्रकाशित मितिः ७ मंसिर २०८१, शुक्रबार १७:१७
जुम्लाबाट टिकापुर जाँदै गरेको ना४ख ६०५६ नम्वरको बस कर्णाली राजमार्ग अन्र्तगत दैलेखको आठविस नगरपालिका –३ सिस्नेमा बे्रक फेल हुँदा दुर्घटना भएको छ । स्थानीयका अनुसार बसको बे्रक फेल हुँदा भित्तामा ठोकिएर दुर्घटना भएको हो । ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली पुग्दै गरेकोले घाईतेहरुको संख्या र अवस्थाबारे एकिन हुन नसकेको हो । घाईतेहरुमा ४ जना महिला, २ पुरुष र २ बच्चालाई एम्वुलेन्सबाट प्रदेश अस्पत