☰ open Loading... 5 November 2025|  

दुर्घटना

ट्रकको ठक्करबाट हुम्लामा वृद्धाको मृत्यु, कर्णाली करिडोर अवरुद्ध

ट्रकको ठक्करबाट हुम्लामा वृद्धाको मृत्यु, कर्णाली करिडोर अवरुद्ध

    प्रकाशित मितिः १७ चैत्र २०८१, सोमबार १८:५९
हुम्लाको सर्केगाड गाउँपालिका–४ मा ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। सोमबार दिउँसो सिमकोटतर्फ आउँदै गरेको भे १ ख ३७६४ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ७२ वर्षीया पानकला थापाको ज्यान गएको इलाका प्रहरी चौकी सर्केगाडले पुष्टि गरेको छ। प्रहरीका अनुसार मृतक थापा सर्केगाड गाउँपालिका–४, दुल्लि गाउँकी बासिन्दा हुन्। घटनापछि आक्रोशित आफन्त र स्थानीयले कर्णाली करिडोरअन्तर्गत सर्केगाड खण्ड अव
पौडी खेल्ने दुई युवाको मृत्यु

पौडी खेल्ने दुई युवाको मृत्यु

    प्रकाशित मितिः १५ चैत्र २०८१, शनिबार २२:०४
पौडी खेल्नेक्रममा झिमरुक नदीमा डुबेर दुई जनाको उपचारको क्रममा ज्यान गएको छ । भूमिकास्थान नगरपालिका–१० धनचौरी देउराली नेटका १७ वर्षीय अशोक नेपाली र १९ वर्षीय दिलीप नेपालीको मृत्यु भएको प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए । उनीहरु सोही वडाको झिमरुक खोलामा शनिबार पौडी खेल्ने क्रममा पानीमा डुबेपछि स्थानीयले प्रहरीलाई खबर गरी उद्धार गरेका थिए । बेहोस अवस्थामा रहेका उनीहरुलाई अर्घाखाँची अस्प
तीर्थयात्री चढेको ट्याक्टर दुर्घटना: एकको मृत्यु, २७ घाइते

तीर्थयात्री चढेको ट्याक्टर दुर्घटना: एकको मृत्यु, २७ घाइते

    प्रकाशित मितिः १५ चैत्र २०८१, शनिबार २१:५६
हुलाकी राजमार्गअन्तर्गत कैलालीको कैलारी गाउँपालिका मनिकापुर सडकखण्डमा आज भारतीय नंको ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। दुर्घटनामा २७ जना घाइते भएका छन्। मृत्यु हुनेमा भारत, उत्तरप्रदेशस्थित लखिमपुर खिरी जिल्लाका ११ वर्षीय आयुस बर्मा रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। दुर्घटनामा २७ भारतीय नागरिक घाइते भएका छन्। तीमध्ये तीन जनालाई बढ
अर्घाखाँची बस दुर्घटना: मृतकको संख्या ४ पुग्यो

अर्घाखाँची बस दुर्घटना: मृतकको संख्या ४ पुग्यो

    प्रकाशित मितिः १२ चैत्र २०८१, बुधबार २०:१९
अर्घाखाँचीको शितगंगामा भएको बस दुर्घटनामा मृतकको संख्या चार पुगेको छ। शितगंगा नगरपालिका–२, भुवनपाटास्थित सडक खण्डमा भएको दुर्घटनामा तीन महिला र एक पुरुषको ज्यान गएको हो। दुर्घटनामा २७ जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय ठाडाका अनुसार घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ। दुर्घटनाग्रस्त लु २ ख ३०३ नम्बरको बस नवलपरासीको बर्दघाटबाट अर्घाखाँची भ्रमणका लागि आएको थियो। फर्किने क्रममा दु
कर्णालीमा एकै दिन तीन सवारी दुर्घटनाः १४ जना घाइते

कर्णालीमा एकै दिन तीन सवारी दुर्घटनाः १४ जना घाइते

    प्रकाशित मितिः ११ चैत्र २०८१, मंगलवार २१:०८
कर्णाली प्रदेशमा मंगलबार छुट्टाछुट्टै तीन वटा गाडी दुर्घटनामा १४ जना घाइते भएका छन् । एउटा ट्रक र एउटा विद्युतीय सवारी साधन दैलेखमा दुर्घटना भएका छन् भने कालिकोटमा बोलेरो गाडी दुर्घटना भएको छ । प्रहरीका अनुसार मंगलबार बेलुका ६ बजेतिर सुर्खेतबाट कालिकोट नरहरीनाथ गाउँपालिका–४ कुमालगाउँ भन्ने ठाउँतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००२ च ०७०७ नम्बरको बोलेरो गाडी सोही ठाउँको डाडामाडुमा दुर्घटना भ
कालीकोटमा जिप दुर्घटना, ८ जना घाइते

कालीकोटमा जिप दुर्घटना, ८ जना घाइते

    प्रकाशित मितिः ११ चैत्र २०८१, मंगलवार २०:५९
कालीकोटको नरहरिनाथ गाउँपालिका–३ डाँडामाडु जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। मंगलबार साँझ ५:४० बजे सुर्खेतबाट कालीकोट जाँदै गरेको कर्णाली प्रदेश-०२००२ च ०७०७ नम्बरको जिप नरहरिनाथ–३, कुमालगाउँस्थित इलाका प्रहरी कार्यालयको पछाडि अनियन्त्रित भएर झण्डै २० मिटर तल खसेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार, जिप ब्याक गर्ने क्रममा नियन्त्रण गुमाउँदा दुर्घटना भएको
कर्णाली राजमार्गमा मालबहाक गाडी दुर्घटना

कर्णाली राजमार्गमा मालबहाक गाडी दुर्घटना

    प्रकाशित मितिः ११ चैत्र २०८१, मंगलवार २०:०२
सुर्खेतबाट मुगु जाँदै गरेको ००१ ख ०८५३ नम्बरको सामान बोकेको गाडी दुर्घटना भएको छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुन्डाबिन्द्रासैनी नगर पालिका -७ सांगेतडा र पाल्तडाको बिचमा सोमबार राती दुर्घटना भएको दैलेख प्रहरीले जानकारी दिएरको हो । चालक सहित ३ जना घाइते भएका छ्न ।
मिनी ट्रकभित्र च्यापिएर एकको मृत्यु, एकजना घाइते

मिनी ट्रकभित्र च्यापिएर एकको मृत्यु, एकजना घाइते

    प्रकाशित मितिः ९ चैत्र २०८१, आईतवार ०७:१८
रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१ मा मिनीट्रकभित्र च्यापिएर एकजना मजदुरको मृत्यु भएको छभने एकजना घाइते भएका छन् । आज दिउँसो मार्बल र सिमेन्ट बोकेको मिनीट्रकले च्यापिएर ट्रकमा बसेका डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ का २४ वर्षीय देवचन्द्र सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए । उनका अनुसार त्रिपुरासुन्दरी–६ का २१ वर्षीय मन्दिर सार

जाजरकोटमा बाख्रा चराउन गएका डाँगीको मृत्यु

    प्रकाशित मितिः ५ चैत्र २०८१, बुधबार १२:३६
जाजरकोटको बारेकोट गाउँपालिका–३ पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा लडेर मृत्यु भएको छ। मङ्गलबार घर नजिकैको जङ्गलमा बाख्रा चराउँदा उनी लडेर घाइते भएका थिए। घाइते डाँगीलाई उपचारका लागि आधारभूत अस्पताल लिम्सा ल्याउने क्रममा आज बिहान बाटोमै मृत्यु भएको बारेकोट गाउँपालिका–३ का वडाध्यक्ष रामबहादुर सिंहले बताए।
चालकको लापरवाहीले जीप दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

चालकको लापरवाहीले जीप दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

    प्रकाशित मितिः ५ चैत्र २०८१, बुधबार १२:३५
पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्। सुङ्ग्रेपानीबाट मालिका–४, चिउरीबोटतर्फ जाँदै गरेको ग१ज ५६१२ नम्बरको जीप सडकबाट ५० मिटर तल खस्दा चिउरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए। जीपमा चालकसहित ५ जना सवार रहेका थिए। घाइते भएका ओखरबोटका ३३ वर्षीय शेरबहादुर व